जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पक्राउ परेकाहरूको साथबाट सिएफ ९८–९ पेस्तोल एक थान, एक थान म्याग्जिन र १५ थान गोली बरामद गरिएको छ।
काठमाडौँ— गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटपाट गरिएको पेस्तोल र गोलीगठ्ठाको बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने भारतीय नागरिक पनि छन्।
पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भई हाल काठमाडौँ महानगर–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतीहारी सीतामढी घर भई हाल काठमाडौँ–१५ ट्राफिक कार्यालयनजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान रहेका छन्।
त्यस्तै, काठमाडौँ–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्टनजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौँ–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
टोलीले सिएफ ९८–९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र पेस्तोलमा लाग्ने १५ थान गोली बरामद गरेको उनले बताए।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये गुरुङ लुटपाटमा संलग्न थिए भने देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न रहेका थिए। प्रभात मल्लको संलग्नता भने हतियार खरिदमा रहेको पाइएको छ।
पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
