बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन्।
काठमाडौँ— काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुन: अवरोध आएको छ। अवरोधका कारण काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन्। स्थानीयसँग वार्ताको प्रयास जारी रहे पनि हालसम्म कुनै समाधान निस्किएको छैन।

यसपछि, महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्म घर, पसल तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित रूपमा राख्न अनुरोध गरेको छ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीयवासी र काठमाडौँ महानगरपालिकाबीच विभिन्न सहमति भए पनि ती सहमतिहरूको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले निरन्तर फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
