दिउँसो कोशी, मधेश र बागमतीमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
काठमाडौँ– बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमासो प्रभाव कम भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
जसका कारण कोशीमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतयादेखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमतीमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशीका थोरै तथा मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।
कोशीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने पूर्वानुमान छ।
राति कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
