सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीका साथै स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको छ।
म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ।
बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोका कारण बिहीबारदेखि मंगला, मालिका र धौलागिरि गाउँपालिकाको सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्क टुटेको हो।
सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सबस्टेसन आयोजनाका निर्माण सामग्री ढुवानी रोकिएको छ। दैनिक उपभोग्य सामग्रीको ढुवानी र ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु बजारीकरणमा समस्या भएको छ।
यातायात व्यवसायी यज्ञबहादुर थापाले सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम रहेको बताए। उक्त स्थानमा २०६१ सालमा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या छ।
वर्षा रोकिएपछि सडक खुलाउन मेसिन प्रयोग गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
