कञ्चनपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोधारा चाँदनी– काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बसमा पाँच जना मात्र सवार थिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।