इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भन्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन्।
इलाम– बिहीबारदेखिको अविरल वर्षाका कारण मेची राजमार्ग शनिबार पनि अवरुद्ध छ। राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेकाले सडक खोल्न सम्बन्धित निकायले भरमग्दुर प्रयास गरिरहेको अधिकारीहरूले बताएका छन्।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले पहिरो पन्छाए पनि सडक भासिने क्रम नरोकिएको बताए। “सडक खुलाउन हामी अहोरात्र खटिएका छौँ, तर सडक भासिने क्रम रोकिएको छैन,” उनले भने।
मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन्। इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ जाने सवारीहरू गोलाखर्क भन्ज्याङमा र झापाबाट ती जिल्लातर्फ जाने सवारीहरू माईखोलामा रोकिएका छन्।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजंगा सडक)अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ गतेको बाढीले भाँचिएको थियो। तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन पनि बिहीबारको बाढीले क्षति पुग्नुका कारण इलामबाट झापा जाने यात्रुहरू मर्कामा परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
