दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लास्थित कासीबुग्गाको वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार भएको भागदौडमा कम्तीमा नौ जना भक्तजनको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
हिन्दूहरूका लागि शुभ मानिने एकादशीको दिन मन्दिरमा अत्यधिक भीड जम्मा भएको थियो। यसै कारण भागदौड र अराजकता सिर्जना भएको अधिकारीहरूले बताएका छन्।
मन्दिरबाट प्राप्त दृश्यहरूमा दुर्घटनापछि धेरै भक्तजनहरू भुइँमा अचेत अवस्थामा लडिरहेको देखिएको छ। घाइतेहरूलाई तुरुन्तै उपचारका लागि नजिकैको अस्पतालमा लगिएको थियो। घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।
शनिबार आन्ध्र प्रदेशका गभर्नरले नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरे। मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै ज्यान गुमाउनुलाई 'अत्यन्तै हृदयविदारक' भनेका छन्। उनले 'एक्स'मा पोस्ट गरिएको एक विज्ञप्तिमा घाइतेहरूलाई छिटो र उचित उपचार प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भागदौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको उल्लेख गरेका छन्।
यसअघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो। यस्तै, जुन महिनामा, ओडिसा राज्यमा भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए।
अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि जम्मा भएका हजारौँ भक्तजनका बीचमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी शहर प्रयागराजको हिन्दू महापर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
