भोजपुरको षडानन्द नगरपालिका–४ मा चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
भोजपुर– षडानन्द नगरपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर शनिबार दुर्घटनामा परेको हो।
दुर्घटनामा षडानन्द नगरपालिका–४, केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४, चरम्बीका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरूमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ छन्। उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
