काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
काठमाडौँ– काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
काठमाडौँ महानगरपालिका-३२, तीनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०२-०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे (पनौती) घर भएका ३३ वर्षीय नवराज पुरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनाको पहिचान खुल्न सकेको छैन। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
