एमालेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।
काठमाडौँ— नेकपा एमालेको सचिवालय बैठकले आगामी मंसिरका लागि तय पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरेको छ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिए। यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।
उपमहासचिव ज्ञवालीका अनुसार ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ। महाधिवेशन प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने उनले जानकारी दिए। प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए।
त्यस्तै, एमाले बैठकले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवादलाई लिएर औद्योगिक प्रतिष्ठानहरूमा गरेको विद्युत् कटौतीले हजारौँ श्रमिकको रोजगारी प्रभावित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
एमालेको सचिवालय बैठकले उक्त कदमको आलोचना गर्दै 'महसुल विवाद समाधान आयोग, २०८०' को सुझाव विपरीत चालिएको यस कदमले दैनिक सय मेगावाट विद्युत् खेर जानुका साथै सरकारको राजस्वसमेत खुम्चिएको निष्कर्ष निकालेको छ। एमालेले भदौ २४ गतेको घटनाबाट मारमा परेको अर्थतन्त्रलाई थप संकटमा धकेल्ने गरी चालिएको यो कदमको समाधान तत्काल वार्ताबाट गर्न र श्रमिक तथा व्यवसायीको हित सुनिश्चित गर्न पनि माग गरेको छ।
यसैगरी, सम्मानजनक पारिश्रमिकको व्यवस्था लगायत विषयलाई लिएर लामो समयदेखि नर्सहरूले गरिरहेको आन्दोलनप्रति पनि एमालेले ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरूको यस आन्दोलनले पारिरहेको असरप्रति सम्बद्ध पक्ष गम्भीर हुन जरुरी रहेको एमालेको भनाइ छ। सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी योग्यताका आधारमा पारिश्रमिक सुनिश्चित गर्न र यस समस्याको समाधान वार्ताबाट गर्न एमालेको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
