प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गरेको बताएका छन्।
निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाले आगामी निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए। निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने उनले स्पष्ट पारे।
“मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो। मृत्यु भएका र बसाइँ सरेकाको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो। हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो”, दोलखामा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, “तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुपर्छ। मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ। छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला।”
कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यस पटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतीकरण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
