मोन्था आँधीको प्रभाव कमजोर बन्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ– बंगालको खाडीबाट उठेको मोन्था आँधीका कारण प्रभावित मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

पहाडी भूभागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने छ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।