पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा यातायात सेवा अवरुद्ध भएको छ।

अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुंगा खस्दा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए। पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको छ। 

  उता, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै सञ्चालन हुन सकेको छैन। इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो। 

दुवै सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।