नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत साेङ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका छन्।

तस्वीर : अमित मचामसी

काठमाडौँ– नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आइपुगेका छन्।

पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका हुन्। यसअघिकी राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो।

नयाँ राजदूत सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल थिए।