मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुंगा खस्दा आइतबार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बागमती– सडकमा माथिबाट खसेका ढुंगा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा यातायात सञ्चालन भएको छ।
अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुंगा खस्दा आइतबार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडकमा खसेका ठूला ढुंगासहितको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक भने सञ्चालन हुन सकेको छैन।
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो। प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्नेक्रम जारी रहेकाले समस्या भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
