नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को बिन्दुमा कायम भएको छ। यो १.१८ प्रतिशतको वृद्धि हो।
आइतबार ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९.५१ रुपैयाँको कारोबार भएको छ। आइतबार व्यापार समूह १.१० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी वित्त समूह ५.१७ र जीवन बीमा समूह ४.३५ प्रतिशतले बढेको छ। बैंकिङ ०.२९, विकास बैंक ०.९०, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.१८, लगानी ०.८०, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढेको छ।
आइतबारको कारोबारमा सामुदायिक लघुवित्त, गुराँस फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खानीखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँ बराबरको एक करोड ४० लाख ६ हजार २१७ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
