दक्षिण कोरियाको संविधानले उत्तर कोरियाली नागरिकलाई समेत कोरियाली नागरिकका रूपमा मान्यता दिएकाले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ।
युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार संगठनले जनाएको छ। यस्तो अनुरोध उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन्।
अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक संगठनको सहयोगमा सम्पन्न भएको बताइन्छ। उक्त संगठनका प्रमुख तथा उत्तर कोरियाका दलबदली जाङ से–युलका अनुसार दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायको मूल्यांकनमा सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए।
जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए। यो अन्तर्वार्ता अक्टोबर २८ मा किभको एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखेको छ। जाङले भने, “उनीहरूले अन्तर्वार्ताकारसँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए।”
दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ। त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ।
जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्तामा प्रकाशन गरिने तयारी भइरहेको छ। “हामीले युद्धबन्दीलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलीको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ,” उनले भने।
ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध गराइएका तस्वीरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलीका पत्रहरू पढिरहेको देखिन्छ।
यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताएका थिए। सांसद युले गुप्तचर सेवालाई उदृत गर्दै भनेका थिए, “उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ।”
उनका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए।सांसद युले भने, “यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ।”
प्योङयाङले यस वर्ष अप्रिलमा रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पुष्टि पनि गरेको थियो।
उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’का लागि समवेदना प्रकट गरेका थिए।
यसैबीच, सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरणअनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
