अख्तियारले नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोपमा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध ९५ लाख ९८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार, गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा बज्रगुरु कन्स्ट्रक्सन कम्पनीसँग ७२ हजार २८५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेको थियो। तर, २०७७ साउन १३ गते गाउँपालिका अध्यक्षसमेतको टोलीले गरेको नापजाँचमा ठेक्काको परिमाणभन्दा बढी अर्थात् एक लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थ स्टक प्रमाणित भएको थियो।
बढी उत्खनन भएको परिमाणको राजस्व विभाज्यकोषमा जम्मा गर्न गाउँ कार्यपालिकाले निर्णय गरी प्रमुख प्रशासकीय अधिकृत योगी आफैँले कम्पनीलाई तीन पटकसम्म पत्राचार गरेका थिए। कम्पनीले उक्त राजस्व रकम जम्मा नगरेको अवस्थामै योगीले गाउँ कार्यपालिका र गाउँसभाको निर्णयविपरीत ठेक्काका लागि राखिएको ९५ लाख ९८ हजार रुपैयाँको बैंक ग्यारेन्टी फुकुवा गरिदिन नेपाल बांग्लादेश बैंकलाई पत्राचार गरेको पाइएको अख्तियारले जनाएको छ।
उक्त पत्रका आधारमा २०७८ पुस १२ गते बैंक ग्यारेन्टी फुकुवा गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत योगीले गाउँ कार्यपालिकालाई कुनै जानकारी नगराई, उल्टै झुक्क्याएर अभिलेखसमेत नराखी कम्पनीका एमडी लक्ष्मणकुमार रानासँग मिलेमतो गरी गाउँपालिकाको राजस्व रकम हिनामिना गरेको अख्तियारको दाबी छ।
अख्तियारले सरकारी हिनामिना हानिनोक्सानी पुर्याउने बदनियतले कार्य गरेको भन्दै योगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ९ बमोजिम सजाय र बिगो असुलउपरको मागदाबी गरेको छ। त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक रानालाई मूल कसुरदारको मतियारका रूपमा सजायको मागदाबी लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
