विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिएको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्तिलाई अब मन्दिरमै पुनर्स्थापना गरिने भएको छ।
काठमाडौँ– छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा अब मन्दिरमै पुनर्स्थापना गरिने भएको छ।
काठमाडौँ महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा रहेको मूर्ति ४० वर्षदेखि संरक्षणको अभावमा गौशाला प्रहरी वृत्तमा राखिएको थियो। मूर्तिलाई मन्दिरमा पुनर्स्थापना गर्न काठमाडौँ महानगरपालिका–८ कार्यालयले पहल शुरू गरेको महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजकसमेत रहेका वडाध्यक्ष आशामान संगतले जानकारी दिए।
सोमबार मूर्ति पुनर्स्थापना गरिने र कात्तिक २१ गते उद्घाटनको तयारी भएको उनले बताए। छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुर्मुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो। भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको उनले सुनाए।
उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको हो। मन्दिरलाई विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको थियो। मन्दिरको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनः निर्माणका लागि शिलान्यास गरेका थिए।
पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतम ऐतिहासिक सम्पदाको इतिहास नमेटाई पुनः निर्माण गरेर संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताउँछन्। पाशुपत क्षेत्रमा दशौँ शताब्दीको ब्रह्मेश्वर महादेव पनि पशुपतिनाथ परिसरमा रहेको उनले बताए।
यो पनि
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

