मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।
काठमाडाैँ– महिला विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोली पहिलोपटक एकदिवसीय क्रिकेट च्याम्पियन बनेको छ।
मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो। २९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमा अलआउट भयो। दक्षिण अफ्रिकी कप्तान लौराले १०१ रन बनाइन्।
भारतका लागि दीप्ती शर्माले ९.३ ओभरमा ३९ रन दिँदै पाँच विकेट लिइन् भने शफाली वर्माले दुई विकेट लिइन्। पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रन बनाएको थियो। भारतका लागि शफाली वर्माले ८७ र दीप्ती शर्माले ५८ रन बनाइन्।
दक्षिण अफ्रिकी बलर अयाबोंगा खाकाले ९ ओभरमा ५८ रन दिएर तीन विकेट लिइन्।
यो खेलसँगै महिला क्रिकेटले नयाँ च्याम्पियन पाएको छ। भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
भारत प्रतियोगिताको फाइनलमा पुगेको यो तेस्रो पटक थियो। यसअघि सन् २००५ र २०१७ मा दुई पटक, फाइनलमा पुगेर पनि उपाधि हात पार्न सकेका थिएनन्।
अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा धेरै महिला एकदिवसीय विश्वकप उपाधि जितेको छ, जसमध्ये सात पटक उपाधि जितेको छ। इङ्ल्यान्डले चार पटक र न्युजील्यान्डले एक पटक उपाधि जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
