नेप्से परिसूचक सामान्य अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। 

सोमबार ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा ६ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिन (आइतबार) नेप्से परिसूचक ३०.७५ अंकले बढेर नौ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

सोमबारको कारोबारमा विकास बैंक समूह १.११, होटल तथा पर्यटन ०.०१, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड ०.२९, व्यापार ०.९३ र अन्य समूह ०.४२ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

यसैगरी, बैंकिङ ०.२२, वित्त ०.१२, जलविद्युत् १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, लघुवित्त ०.६३ र निर्जीवन बीमा ०.०१ प्रतिशतले घटेका छन्।

सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा सोमबार शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ रुपैयाँ बराबरको ६ लाख १९ हजार ११४ कित्ता शेयर सर्वाधिक कारोबार भएको छ।