विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा सोमबार मूर्ति पुनर्स्थापित गरिएको छ।
विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको ब्रह्माको चतुर्मुख मूर्तिलाई सोमबार बग्गीमा राखेर बाजागाजासहित मन्दिरमा प्रवेश गराइएको थियो।
मूर्ति पुनर्स्थापना समारोहमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक तथा वडा नं ८ का वडाअध्यक्ष आशामान संगत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डंगोल, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, वडा सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुर्मुख मूर्तिसहितको यो ऐतिहासिक मन्दिर विसं १९९० सालको महाभूकम्पअघि नै भत्किएको थियो। भग्नावशेष मात्र बाँकी रहेपछि यसको मूर्ति चोरी भएको थियो।
चोरी भएको मूर्ति पछि धोबीखोलामा भेटिएको थियो, जसलाई त्यसबेलादेखि ४० वर्षसम्म गौशाला प्रहरी वृत्तमा राखिएको थियो। यसैगरी, मन्दिरलाई विसं २०७२ वैशाख १२ को भूकम्पले थप जीर्ण बनाएको थियो।
मन्दिरको पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शिलान्यास गरेका थिए। पुनर्निर्माण सम्पन्न भएको उक्त मन्दिरको औपचारिक उद्घाटन नगरप्रमुख शाहले कात्तिक २१ गते गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
