मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा परेकी एक विदेशी महिला पर्यटकलाई चार दिनसम्म पनि फेला पर्न सकिएको छैनन्।
गोरखा– मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म पनि फेला पर्न सकेकी छैनन्।
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३, न्याकफेदीनजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
ठाउँ–ठाउँमा झरेको पहिरोका कारण उद्धारकर्ताहरू शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन्। पहिरो पन्छाउँदै सो टोली आइतबार भने घटनास्थल पुगेको थियो। उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
