यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत हुने विभागले जनाएको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपात हुने विभागको पूर्वानुमान छ।