बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो।
गुल्मी– रेसुङ्गा विमानस्थलमा आइतबार परीक्षण उडान भएको छ।
तारा एयरको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो। बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो। यसअघि २०७५ ज्येष्ठ २५ मा पनि तारा एयरले नै परीक्षण उडान गरेको थियो।
गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलगायत विमानमा सवार थिए। स्थानीयले विमानका चालकललाई माला लगाएर स्वागत गरेका थिए।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार परीक्षण उडान सकिएसँगै अब नियमित उडानको प्रक्रिया शुरू हुनेछ। नियमित उडानका लागि कम्तीमा दुईदेखि तीन साता लाग्ने उनले बताए। तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
