तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ। सुन प्रतितोला १ हजार ४०० र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।