पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो गैरकूटनीतिक व्यवहार परिवर्तन नगरेको आरोप लगाएको छ।
पूर्वप्रधानमन्त्री बेट्सी चाभेजलाई शरण दिएको विरोधमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोडेको छ।
पेरुका विदेशमन्त्री ह्युगो डे जेलाले राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका हुन्।
“आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्वप्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ,” विदेशमन्त्री डे जेलाले भने।
चाभेजलाई शरण प्रदान गर्ने मेक्सिकोको निर्णयले दुई देशबीच पहिले नै रहेको तनावलाई अझ चर्काउने कार्य गरेको विदेशमन्त्री डे जेलाको भनाइ छ। मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको उनको आरोप छ।
राष्ट्रपति जोसे जेरीको कार्यालयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ। सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपत्काल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ।
त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै पदच्युत भएका थिए। त्यसपछि उनलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्ध विद्रोहको अपराधमा सहयोगीका रूपमा आरोप लगाएको छ। उनका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ ।
मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानूनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ। मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ। यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन।”
यसअघि पनि मेक्सिकोले पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उनकी श्रीमती र सन्तानलाई शरण दिएको थियो। क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुगेका थिए।
पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।”
पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो गैरकूटनीतिक व्यवहार परिवर्तन नगरेको मन्त्रालयले बताएको छ। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
