दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी घाइते भएको पाँच जनाको उद्धार गरिएको छ भने अन्य सात जना बेपत्ता भएका छन्।
दोलखा– दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी घाइते भएको पाँच जनाको उद्धार गरिएको छ। अन्य सात जना भने अझै बेपत्ता छन्।
उद्धार गरिएका पाँच जनामध्ये दुई विदेशी र तीन नेपाली नागरिक रहेका छन्। उनीहरूलाई मंगलबार हेलिकोप्टरमार्फत यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद रिसालका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शक ना गाउँमा सुरक्षित छन्। उनीहरूको उद्धारको प्रक्रिया जारी रहेको प्रजिअ रिसालले बताए।
डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित जम्मा १५ जनाको टोली टेन्टमा बसेका बेला सोमबार बिहान हिमपहिरो खसेको थियो। हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो।
बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात रहेको प्रजिअ रिसालले बताए। उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
