प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी काफ्ले

प्रहरी प्रधान कार्यालयले डीआईजी अबि नारायण काफ्लेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्ले चयन भएका छन्।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी तोकिएको सचिवालयले जनाएको छ।

डीआईजी काफ्लेलाई ९८५१२९२१११ (मोबाइल) र spokesperson@nepalpolice.gov.np (इमेल) मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।