अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार भने बढेको छ।
काठमाडाैँ– अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार भने बढेको छ। आज नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.९० अंकले बढेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको ९२ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
माबिलुङ्ग इनर्जी लिमिटेडको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ। हिजोदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य आज ३४ रुपैयाँ ९० पैसाले बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढ्दा दुई उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशतले बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने सामान्य छ।
होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
