सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकमा माधव नेपाललाई चयन गरेको छ। झलनाथ खनाललाई तेस्रो वरीयता दिइएको छ।
काठमाडौँ– नेकपा माओवादी, एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीच बुधबार एकता घोषणा सभा भएको छ।
काठमाडाैँको भृकुटीमण्डपमा आयोजित 'नेपाली कम्युनिस्ट पार्टी' एकता राष्ट्रिय सम्मेलनमा विभिन्न दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखेका छन्। सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकमा माधव नेपाललाई चयन गरेको छ। झलनाथ खनाललाई तेस्रो वरीयता दिइएको छ।

मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन्। माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट घनश्याम भुसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेता बाहिरिएका छन्।
सो अवसरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान र २३ बुँदे घोषणापत्र तथा १८ बुँदे एकताको आधार प्रस्तुत गरेका थिए। उनले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट गठन हुने कार्यदलले राजनीतिक दस्तावेज तयार गर्ने जानकारी दिए। एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसालले अन्तरिम विधानका विविध विषयबारे प्रकाश पारेका थिए।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
