देशका अधिकांश भूभागको मौसम सफा रहने

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

 राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।