समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।
म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण भएको छ।
समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।
पर्यटकीय क्षेत्र ती नचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन ती नचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको संख्या बढेको जानकारी दिए।
“गण्डकी प्रदेश सरकार, ताराखोला, मंगला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो,” उनले भने, “केही वर्ष अघिसम्म सुनसान तीनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ।”
ताराखोला गाउँपालिकाको २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर ढुंगा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो।
स्थानीयले चन्दा संकलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन्। अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो। तीनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख संकलन भएको थियो।
गण्डकी प्रदेश सरकारको ७५ लाख र तालाखोला गाउँपालिकाको १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै ती नचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ। सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ।
यसैगरी, मंगला गाउँपालिका–५ देउरालीदेखि ती नचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्यांकीमा संकलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ।
समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृंखलाको अवलोकन गर्न सकिन्छ।
तीनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
