पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो।
काठमाडौँ– भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालामा स्थापना भएको हो। सुदूरपश्चिमका शहरमध्ये यसलाई योजनाबद्ध रूपमा स्थापित यो एक मात्र मानिन्छ।
राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए। त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको जानकारहरू बताउँछन्। त्यसयता मानिस पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए।
राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ। पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो।
महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन्। हरेक गल्लीको आफ्नै विशेषता छ। विपद्का बेला पनि यहाँ सहज हुने गल्ली निर्माण गरिएको छ। गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन। पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ।
सुदूरपश्चिमकै योजनाबद्ध शहरका रूपमा रहेको महेन्द्रनगर अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै स्थानीय चिन्तित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
