प्रदेश १ मा एमाले संसदीय दलका नेता कार्कीले ६० सांसदको समर्थनसहित गरे मुख्यमन्त्रीमा दाबी

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

विराटनगर । प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

उनले एमाले, माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद रहेका छन्। ९३ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।

प्रदेशसभामा कुनै पनि दल बहुमतमा नभएपछि प्रदेश प्रमुखले २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गरेका थिए। कार्कीले प्रदेशप्रमुखले दिएको समयसीमाभित्र मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।