काठमाडौँ महानगर प्रमुख शाहविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध राष्ट्रिय युवा संघ, नेपालले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

प्रमुख शाहले केही दिनअघि नेपालका प्रमुख राजनीतिक दल तथा छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर साइबर कानूनबमोजिम कारबाही गर्न माग गर्दै संघले बिहीबार भोटाहिटीस्थित ब्युरो कार्यालयमा उजुरी दिएको हो।

संघका उपाध्यक्ष महाराज गुरुङले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन अर्याललाई भेटेर उजुरी दिएको जानकारी दिए। उनका अनुसार ब्युरो प्रमुखले 'कानूनी अवस्था अध्ययन गरेर आवश्यक निर्णय गर्ने' बताएका छन्।