देशका अधिकांश भूभागमा मौसम सफा रहने

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ। बाँकी स्थानको मौसम सफा रहनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। 

जसका कारण अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ। बाँकी भागमा मौसम सफा रहनेछ। 

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।