तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गरेका हुन्।
काठमाडौँ– सिन्धुपाल्चोकको हेल्मबुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौँ आउने मेलम्चीको खानेपानी बन्द गरेका छन्।
काठमाडौँ पथान्तरण गर्ने खानेपानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।
“तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गर्नु भएको छ,” उनले भने, “मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।”
२०७८ सालको बाढीपहिरो पीडितसहित अन्य पीडितका माग पूरा नभएको भन्दै स्थानीयले पानी बन्द गरेका हुन्। वर्षा शुरू भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति असोज २६ गतेदेखि शुरू गरिएको थियो।
मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए।
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानी पोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
