वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कञ्चनपुर— वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, दुर्घटनामा वेदकोट नगरपालिका–७, सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो। राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारतको विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने एग्रो मिक्सचर मेसिनसँग ठोक्किएको थियो।
राना गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए। उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन्। उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
