जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।
खोटाङ– कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ।
कृषि ज्ञान केन्द्र खोटाङका अनुसार, १० स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र १० प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।
जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको छ। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको केन्द्रका प्रमुख विशाल मोदीले जानकारी दिए।
अहिले जिल्लाका किसान वर्षाले क्षति पुर्याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन्। ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित किसान बाँदरलगायत वन्यजन्तुबाट समेत धान जोगाउने हतारोमा छन्।
पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा कृषक हेमन्त राईले बताए।
“काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन्। वर्षाले धान, कोदो, फापरलगायत बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ,” उनले भने, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ। यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ।”
जिल्लामा करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ। यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
