हङकङ सिक्सेस: नेपालसँग भारत ९२ रनले पराजित

नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो।

काठमाडौँ– हङकङ सिक्सेसअन्तर्गत बउल लिगको दोस्रो खेलमा नेपालले भारतमाथि ९२ रनको जित दर्ता गरेको छ। 

हङकङमा जारी प्रतियोगितामा नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो। 

नेपालका रासिद खानले ३, बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए। 

यसअघि नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रन बनाएको थियो। 

नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए। यसैगरी सन्दीप जोराले ४७ तथा लोकेश बमले ३१ रन बनाए। 

जारी हङकङ सिक्सेसमा नेपालको यो पहिलो जित हो। यसअघि समूह चरणका दुई खेलमा पराजित भएको थियो। 

पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। बउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो।