नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल ट्रस्टको जग्गा ठगी र आपराधिक विश्वासघातको कसुरमाथि अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ट्रस्टका तत्कालीन एक उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेको छ।
प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा नेपाल ट्रस्टको कार्यालय, दरबारमार्गका तत्कालीन सहसचिव लेखबहादुर कार्की रहेका छन्। चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षीय कार्कीलाई सीआईबीले कात्तिक २१ गते पक्राउ गरेको हो। कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए।
नेपाल ट्रस्टको नाममा काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित रहेको जग्गा भाडामा दिने क्रममा अनियमितता भएको प्रहरीको भनाइ छ। नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिज करार सम्झौता हुँदा कित्ता नं. ४६०६ को जग्गाका साथै कित्ता नं. ४६०५ को अर्को जग्गासमेत थप गरी लिजमा दिइएको अनुसन्धानका क्रममा खुलेको छ। थामसेर्कु ट्रेकिङ यती होल्डिङ्सको भगिनी संस्था हो। सञ्चालक समितिको निर्णय र आधारबिना बदनीयतपूर्वक जग्गा थप गरिएको आरोप कार्कीमाथि लागेको छ।
सीआईबीका अनुसार, नेपाल ट्रस्टको नाममा रहेको जग्गा बीओटी मोडलका लागि निर्माण अवधि ३ वर्षसमेत ३० वर्षका लागि लिजमा दिने सम्झौता गरिएको थियो। २०७४ जेठ १४ गते भएको यो सम्झौताबाट नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानि नोक्सानी पुगेको सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त करार सम्झौता गर्ने कार्यमा सहभागी भई लाभ लिने लिज ग्राही, सहयोगी अधिकारीहरू, सरकारी कर्मचारी तथा विभिन्न पद र ओहदामा रहेका अन्य व्यक्ति तथा मतियारहरूको पनि पहिचान भइसकेको सीआईबीले जनाएको छ।
“नेपाल ट्रस्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरूले गैरकानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पुर्याइ विभिन्न पद तथा ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
