कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको थियो। मन्त्रालय मातहतका कार्यालयहरूले सम्बन्धित स्थानीय तहको सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन्। मन्त्रालयले क्षतिको थप विश्लेषणका लागि एक कार्यदल गठन गरेको छ।
सूचना अधिकारी महानन्द जोशीका अनुसार, बाढी प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण र राहत उपलब्ध गराउन मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्नेछ। उनले खेतमा काटेर राखिएको धान पानीले भिजेर कुहिएको र यस क्षतिका कारण कुल उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको बताए।
जोशीका अनुसार, धान बालीमा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ। यद्यपि, मल, बीउबिजन, प्रविधि तथा प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग गर्न मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत 'एकद्वार प्रणाली'बाट प्रभावित किसानलाई सहयोग उपलब्ध गराइनेछ।
उनले क्षतिको तथ्यांकका आधारमा आगामी दिनमा जोखिम न्यूनीकरणका उपाय र थप सतर्कतासम्बन्धी अध्ययन तथा अनुसन्धान गरेर विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
