काभा महिला भलिबलः नेपाल फाइनलमा

कोलम्बोमा शनिबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो।

काठमाडौँ– श्रीलंकामा जारी सेन्ट्रल एशियन भलिबल संघ (काभा) यू१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–३ तथा तेस्रो सेट २५–५ ले जित हासिल गर्‍यो।

आइतबार हुने फाइनल खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। शनिबार नै भएको पहिलो सेमिफाइनल खेलमा आयोजक श्रीलंकालाई ३–० ले हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको हो।