जनकपुरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।
बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा शनिबार राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।
जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
