संसद् अधिवेशन सोमबार शुरू हुँदै, यस्तो छ पहिलो दिनको सम्भावित कार्यसूची

सोमबारबाट शुरू हुने संसद् अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।

काठमाडौँ- सोमबार (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको बताए। 

उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको बताएका हुन्। उनले भने, “संघीय संसद्को भोलिदेखि अधिवेशन शुरू हुँदैछ। संघीय संसद् सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको छ।”

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठक भोलि एकसाथ बस्दैछन्। प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णयअनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले जानकारी दिए।

संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए। 

संघीय संसद्‌मा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ। अधिवेशनमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ। त्यस्तै, संघीय संसद्‌मा सांसदहरूका लागि ई-हाजिरी गर्ने व्यवस्था मिलाइएको छ। 

हाजिरी भोलिबाट परीक्षणका रूपमा राष्ट्रियसभामा शुरू हुने र तत्पश्चात् दुवै सदनमा ई-हाजिरी लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ, सम्भावित कार्यसूचीः