वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले कामपाको वातावरण विभागले महानगर क्षेत्रभित्र फोहोर र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले आफ्नो क्षेत्रभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ। वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले यो प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ।
चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको छ। यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार यो व्यवस्था अटेर गरेमा प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ।
विभागका प्रमुख राईले भनिन्, “हरेक वर्ष जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ। प्रदूषण बढ्नुमा यसरी खुला रूपमा बालिने प्लास्टिकजन्य वस्तुको महत्त्वपूर्ण हिस्सा छ। जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो।”
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुका समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई नकारात्मक असर गर्दछ। यी व्यक्तिका साथै सम्पूर्ण शहरवासीको स्वास्थ्य सुरक्षा र वातावरण जोगाउन कामपाले खुला रूपमा प्लास्टिकजन्य वस्तु बालेर धुवाँ उत्सर्जन घटाउने प्रयास गरेको हो।
“कामपाको यो प्रतिबन्धसम्बन्धी अनुरोध अटेर गर्नेलाई काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ बमोजिम कारबाही गरिनेछ,” राईले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
