म्यानचेस्टर सिटीसँग लिभरपुल ३-० ले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। ​​​​​​

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। ​​​​​​

आइतबार राति भएको खेलमा एर्लिङ हालान्डले २९औँ मिनेटमा गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि निको गोन्जालेजले ४८ औँ र जेरेमी डोकुले ६३ औँ मिनेटमा गोल गरे।

प्रिमियर लिग तालिकामा म्यानचेस्टर सिटी २२ अंकसहित दोस्रो स्थानमा छ भने लिभरपुल १८ अंकसहित आठौं स्थानमा छ।

आइतबार नै भएका अन्य खेलमध्ये ब्रेन्टफोर्डसँग न्युकास्टल र नोटम फरेस्टसँग लिड्स युनाइटेड ३-१ले पराजित भए। यस्तै, एस्टनभिल्लासँग बर्नमाउथ ४-० ले पराजित हुँदा चेल्सीसँग उल्भ्स ३-० ले पराजित भयो।