सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा तीन कारोबार दिनयता लगातार गिरावट आएको छ। गत बुधबार १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक त्यसयताका तीन कारोबार दिन लगातार घटिरहेको हो।
सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा कायम भयो। यसअघि आइतबार नेप्से परिसूचक ३०.०२ अंक र बिहीबार ११.२९ अंकले घटेको थियो। यससँगै नेप्से परिसूचक तीन दिनको अवधिमा करिब ४५.४६ अंकले तल झरेको छ।
नेप्सेसँगै सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४० हजार ५९१ पटक किनबेच हुँदा कुल चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यसको तुलनामा, आइतबार भने कुल ३२३ कम्पनीको ४७ हजार २६८ कारोबारबाट चार अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।
यस दिनको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६४ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् ०.३१ प्रतिशतले, लगानी ०.१० प्रतिशतले र व्यापार समूहको उपसूचक ०.५५ प्रतिशतले पनि बढेका छन्। यसबाहेक, अरू सबै समूहको उपसूचकमा भने गिरावट देखिएको छ।
यस दिनको कारोबारमा दरमखोला हाइड्रो इनर्जी, सागर डिस्ट्रिलरी र बुंगल हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले, मबिलुङको ९.९८ प्रतिशतले र सिटी होटलको शेयर मूल्य ९.९४ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन्। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै ४८ करोड ८८ लाख ८८ हजार ३३४ रुपैयाँ बराबरको शेयर किनबेच भयो। शेयर संख्याका आधारमा भने युनियन हाइड्रोपावर लिमिटेडको चार लाख ९३ हजार ५४३ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
