दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

दार्चुला– दार्चुलामा सोमबार दिउँसो २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केल म्याग्निच्युडको भूकम्प गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिका बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।

यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र, भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर पनि भूकम्प गएको थियो।